443 views 0 secs 0 comments

लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा…

In समाज
५ मंसिर २०७६, बिहीबार १६:३८

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)ले ३ किलो ५ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नायब निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले कञ्चनपुरको भिमदत्त नगरपालिका १४ सालघारीबाट बुधबार साँझ सो परिमाणको चरेशसहित भिमदत्त नगरपालिका-१८ बस्ने वीरेन्द्रबहादुर चन्द र दार्चुला मार्मा गाउँपालिका ३ का महेश विष्टलाई पक्राउ गरेको छ ।