
रुखबाट लडेर मोरङमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको रतुवामाई नगरपालिका-५ आनन्द चोक बस्ने ५५ वर्षीय बालबोध राय रहेका छन् ।
खेतमा रहेको सफेदको रुखमा चढेर रुखको हाँगा झार्ने क्रममा बुधबार अचानक लड्दा उनको टाउको फुटेर मृत्यु भएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पूरा गरी रायको शव पोष्टमार्टमको लागि कोशी अञ्चल अस्पताल विराटनगरमा पठाएको जनाएको छ ।