460 views 0 secs 0 comments

आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा थेबेलाई पक्राउ…

In समाज
३ मंसिर २०७६, मंगलवार १७:१४

आफ्नै भाइलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा मैवाखोला गाउँपालिका-१ पठ्याङ्ग्रे बस्ने ३६ वर्षीय कालु थेबेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका कालु थेबेले घरायसी बिबादमा आफ्नै भाइ २७ वर्षीय सन्तोष थेबेलाई छुरा प्रहार गर्दा घाइते भएका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय दोभानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घाइते सन्तोष थेबेलाई उपचारको लागि जिल्ला अस्पताल हुँदै थप उपचारको लागि वीपी कोइराला स्वास्थ्‍य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जानकारी दिएको छ ।