
गुल्मीको ईस्मा गाउँपालिकाकी १७ बर्षीया पुजा अर्याल ४ दिन देखि बेपत्ता भएकी छन । ईस्मा गाउँपालिका वडा नम्वर ५ , ईस्मारजस्थल दोबाटाको जामुनडाँडास्थित नारायणप्रसादकी छोरी हुन पुजा ।मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिडेकी पुजा तम्घास पुगेकी थिइन ।
पुजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भए पछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायण प्रसाद बताउँछन । पुजा दोहली स्थित रामराजा माध्यामिक विद्यालय कक्षा १२ मा अध्यनरत बिद्यार्थी हुन ।परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि उजुरी दिएका छन्।