
बुधबार राती सिन्धुलीको दुधौली नगरपालिका–१४ स्थित सिमराई खानीवेशी सडकखण्डमा अज्ञात समूहले दुईवटा स्काभेटर र टिप्परमा प्रेसर कुकर बम आक्रमण गरेको छ ।
मारुती सिमेन्ट खानीको बाटो निर्माणको क्रममा पार्किङ गरेर राखिएको को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर, को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परमाथि अज्ञात समूहले बम आक्रमण गरेको हो ।
मारुती सिमेन्ट उद्योगका लागि चुनढुङ्गा उत्खननमा प्रयोग गर्दै आएको दुई स्काभेटर र एक टिप्परलाई लक्षित गर्दै अज्ञात समुहले बम आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
को १ क. १४४० पीसी–२०० नम्बरको स्काभेटर पूर्ण रुपमा क्षति भएको छ भने को १ क. ११०२ एलसी–२०० नम्बरको स्काभेटर र को १ क. १५४६ नम्बरको टिप्परको अगाडिको भागको सिसा फुटेको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले बताए ।