
गुल्मी, असोज ४ ।
गुल्मी मदाने गाउँपालिका वडा नं ६ पुर्कोट दह साबिक वडा नं ३ नुवारा निबासि बुबा भेक बहादुर कुँवर आमा यम कुमारी कुँवरका छोरा कपिल कुँवर बिगत ३ दिनदेखि संपर्कमा थिएनन् । राम हेर्न जान्छौ भनि छिमेकि पर्ने रमेस खड्का सँग गएको र अर्को दिन दिउस १२ बजेको समयमा फर्कदा रमेस खड्का मात्र घरमा एक्लै फर्केका थिए । घरमा आइ रमेश कपिलको दिदी सङ्ग कपिल दाइ आउनु भएको छैन अझै …? भन्दै उल्टै प्रश्न गरेको बताइएको छ । आफ्नो टाउकोमा लागेको चोटको औसधि उपचार गरि ससुराली घरबाट दाइलाइ खोज्न जान्छु भनी रमेस खड्का र उहाको श्रीमती अस्मिता दुबै कपिललाइ खोज्न हिडेका थिए !
वसन्त कुँवर भन्नु हुन्छ :
रमेस र अस्मिता अर्घाखाँची सौतमारे आयर गाडी खोजेको सम्म जानकारी आएको थियो । उहाले भन्दा हामी राती दुबैजा म लोटेको ठाउँमा दाइ पनि त्यतै हुनुहुन्छ की भनेर खोज्न गयौँ , दाइलाइ भेटाएनौ र म लोटेको ठाउँ भन्दा माथी तीर ढिकमा उहाँको मोबाइल भेटियो! म राती २ बजे घर आइ उपचारको लागि अर्घाखाँची गएको थिएँ भनेर रमेश खड्का ले बयान दिएको स्थानीय बसन्त कुंवरले बताए ।
अर्घाखाँची जान भन्दा पहिला आफ्नो घर मदाने ५ मलागिरी खोप्चामा संपर्क गरि आफ्नो कपाडा पठाइ दिनु भनेर घरका परिबार ले उहाका कपडा मलागिरिको गाडिमा पठाएको थियो ।पछि गाडी सङ्ग सम्पर्क गर्दा कपडा पाउनु भन्दा पहिलानै खड्का लाई अर्घाखाँची जिल्ला प्रहरीले नियन्त्रणमा राखेको थियो ।
प्रहरीका अनुसार खड्काले हरेक कुरामा झुट बोलेको संका थियो र मृतकको मोबाइल समेत रमेस सङै रहेको हुदा उक्त ब्याक्तिलाइ जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले नियन्त्रणमा लिइ इलाका प्रहरि कार्यलय पुर्कोट दह लाई जिम्मा लगाएको हो । पूर्कोट दह प्रहरीले केरकार गर्दा खड्काको भनाइ अनुसार मलाइ उहाको बारेमा केही थाह नभएको बताउदै त्यहाँ बाट आफु पाखा लाग्न खोजेका थिए ।
तर पनि इलाका प्रहरी कार्यलयका इन्चार्ज दीपेन्द्र अधिकारी लगाएत प्युठान इ प्र का का हवल्दार इन्द्रर बहादुर बि क को टोलि सहित मदाने गाउँपालिका वडा न ६ पुर्कोट दहका वडा सदस्य वसन्त कुँवर सहित को टोलिले झिम्रुक गाँउपालिका वडा न ४ बाङ्गेमरोट साबिकको वडा न ५ को शोस्साउने पहराको तल मिर्त अबस्थामा भेटियो ।
मृतक फेला परिसकेपछी रमेस खड्कालाई कपिल त एस्तो अवस्थामा भेटियो भन्दा ,खड्काले गयोत म के गरुतो भनेर ठाडो जबाफ दिएका थिए !
त्यो समय उनी पूर्कोट दहमै रहे पनि अहिले खड्कालाई थप अनुसन्धानको लागि प्युठानको खलङ्गा पठाइएको पूर्कोट दह प्रहरी प्रमुख दीपेन्द्र अधिकारीले सन्देश नेपाल लाई जानकारी दिएका छन् ।