480 views 0 secs 0 comments

नवलपरासीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु…

In समाज
६ मंसिर २०७६, शुक्रबार ११:०९

नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिका–३ मा पनि बिहीबार साँझ टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय ४२ वर्षीया विष्णु माया बस्यालको घटनास्थलमै मृत्यु भएको हो ।
साँझ सवा ६ बजे पैदल हिँडिरहेकी बस्याललाई लु२ख  २४१५ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।