10 views 0 secs 0 comments

तिज सकियो , गित सकिएन…

In देश, समाज
४ आश्विन २०८०, बिहीबार ११:२८

प्रेम सुनार
गुल्मी असोज ४ । हरेक बर्षको तिज ऋषिपन्चमीको दिन देखि विधिवत रुपमा समापन हुने प्रचलन छ । तर तिज सकिएको दुई दिन वित्दा पनि तिज गित र नाच कार्यक्रम सकिएको छैन ।

हिजो र आज पनि विभिन्न पालिकामा तिज गित बिशेष कार्यक्रंम जारी छ । तिज आउनको एक महिना अघि देखि दिनहुँ जसो दरखाने कार्यक्रमले जनप्रतिनिधि , कर्मचारी , शिक्षक विद्यार्थीहरुले समय खर्चिए । आर्थिक रुपले पनि बोझिलो बन्न गयो ।

महिला समूह , सहकारी संस्था , अन्य संघ संस्थाले आफ्नो पूंजी मात्रै खर्चिएन्न , तिज कार्यक्रम गर्न क्लबहरुले देश सम्म चन्दा उठाउदा ब्यक्तिले समेत रकम खर्चिनु पर्यो । जो जसले खर्चिए पनि फजुल खर्चको हानीले राज्यलाई नै असर पर्ने कुरा हो । यसलाई रोक्ने नजिकको स्थानिय सरकार नै हो । तर त्यही सरकार नै संस्कृती संरक्षणका नाममा महिनौ सम्मका यस्ता कार्यक्रमलाई बढवा दिन सक्रिय भयो ।
तिज उताको एक महिना सम्म मात्र होईन तिज सकिए पछिका दिनमा पनि स्थानिय सरकारका प्रमुख , उपप्रमुख , वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु कर्माचारिहरु तिनै कार्यक्रममा खादा माला लगाएर दिन काटेको देखिन्छ ।

नागरिक समाज गुल्मीका अगुवा गुणानिधी शर्मा भन्छ्न हरेक चाड पर्वमा विधि विधानमा तोकिएका हरेक दिनको आआफ्नै महिमा हुन्छ्न । ती दिनको महिमा तोडेर गरिने कार्यक्रम मनोरञ्जनका लागि मात्रै हो । परम्परागत प्रचलन बदल्दै लगिएको छ , अझै बदल्दै जादा थाह छैन , कहाँ सम्म पुगिने हो ।

यश बिषयमा जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री पनि चिन्ता व्यक्त गर्छ्न । तिज न आउनुको एक महिना अगि देखि पनि तिज विशेष कार्यक्रम भए अहिले तिज सकिए पछि पनि तिज विशेष कार्यक्रम भइरहनु चिन्ताको बिषय हो ।

चाड पर्वलाई मित्त्व्ययीताको सन्देश दिनु पर्ने स्थानिय सरकार नै भड्किलो संस्कृतीलाई प्रोत्साहित गर्नेतिर लाग्नु हुन्न , यश बिषयमा जुन जुन पालिकामा तिज सकिए पछि पनि तिज विशेष कार्यक्रम भइरहेका छ्न र हुँदैछ्न , तपाईंहरुले पनि भन्नुस, म पनि भन्छु खत्रीले भने ।

उता धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल भन्छ्न , दरखाने दिनको निकै ठूलो महिमा छ तर एक एक महिना अघि देखि दिनहुँ दरखाने कार्यक्रम राखिनु भड्किलो खर्चिलो मात्रै होईन , मौलिक संस्कृती माथीको हमाल पनि हो । कालिगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापा यसलाई बिकृतिका रुपमा लिन्छ्न ।

तिज देखि सुरु हुने चाड पर्वहरु मित्तव्ययी बनाउन स्थानिय सरकारले नीति बनाउन र जनचेतना छर्नु पर्ने जरुरी भएको बुद्धिजिविहरुको सुझाव छ । उनिहरुले यस्ता कार्यक्रम गर्न स्वीकृती दिदा पनि ख्याल गर्नु पर्ने देखिएको छ ।