443 views 0 secs 0 comments

आज बिहानै राजधानीमा गोली चल्यो, ३ जना गम्भीर घाइते…

In समाज
७ आश्विन २०७६, मंगलवार १३:००

आज बिहानै राजधानीमा गोली चलेको छ । काठमाडौंको न्युरोडमा एउटा राँगालाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको हो । आज विहान उपत्यका बाहिरबाट ट्रकमा ल्याइएको राँगा कालिमाटीबाट उम्किएर भागेको थियो ।
आत्तिएको राँगा सडकमा जताततै आतंक मच्चाउँदै कालिमाटीबाट न्युरोड आइपुगेको थियो । राँगाले हानेर केही मानिस पनि घाइते भएका छन् । बिहानै सबेरै घटना भएकाले सडकमा धेरै मानिस नभएकाले ठूलो क्षति हुन पाएन ।
प्रहरीले न्युरोड गेट नजिक राँ’गालाई गो’ली हानेर ढा’लेको हो । घाइतेहरुको बीर अस्पतालमा उपचार भइरहेको छ । राँ’गाको आक्र’मणबाट तीनजना मानिस घाइते भएका प्रहरीले जनाएको छ ।