498 views 0 secs 0 comments

विप्लव माओवादीका सुनसरी इञ्चार्जसहित दुई जना पक्राउ…

In समाज
७ आश्विन २०७६, मंगलवार १३:३२

इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने नेत्रविक्रम चन्द विप्लव माओवादीका सुनसरी इञ्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इटहरी उपमहानगरपालिका ५ स्थित पँचरुखीबाट सुनसरी जिल्ला इञ्चार्ज तथा मेची कोसी ब्युरो लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी तथा मेची कोसी ब्युरो राजेन्द्रसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो।
पौडेल उपयपुर कटारी नगरपालिका ४ र विष्ट दार्चुलाको मार्मा गाउँपालिका ३ का हुन्। उनीहरूलाई को३९प १५९८ नम्बरको मोटरसाइकलमा सवार गर्दैगर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।