688 views 0 secs 0 comments

काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिए…

In समाज
१ आश्विन २०७६, बुधबार १७:३२

काठमाडौंको कपनमा एक महिला आफ्नै डेरामा मृत अवस्थामा भेटिएकी छन् । कपनको तेन्जिङ चोकमा किराना र खाजा पसल सञ्चालन गर्ने अन्दाजी ५५/५६ वर्षकी कमला केसी नामकी महिला मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार उनको मृत्युको कारण खुलेको छैन । श्रीमानसँग सम्बन्धविच्छेद गरेकी ती महिला हात बाँधेको र मुखमा कपडा कोचेको अवस्थामा मृत भेटिएकी हुन् ।