1000 views 0 secs 0 comments

नारायणी नदिमा हामफालेर एकजमा युवा बेपत्ता…

In समाज
१ आश्विन २०७६, बुधबार १६:५८

निरन्तरको वर्षापछि उर्लिएर आएको नारायणी नदिमा हामफालेर एकजमा युवा बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–११ का २५ वर्षीय उद्धार पौडेल नाम गरेका युवाले नारायणी पुलबाट हामफालेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । विहानको करिव साढे १० बजे तिर पुलबाट बाढीसँगै उर्लेको नदीमा हाम फालेका थिए।
हामफाल्ने युवाको पछि मोटरसाइकलमा आएका एक युवाले ती युवालाई तानेर बचाउन प्रयास गरेको र पुलको पश्चिमतर्फबाट हामफाल्न खोजेका ति युवकलाइ अर्का व्यत्तिले बचाउँन खोज्दा त्यहाबाट भागेर पुलको पूर्व्तिरको कुनातिर पुगेर हामफालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। ति युवकले के कारणले हाम फाले भन्नेबारे नखुलेको प्रहरीले जनकारी दिएको छ । जब ति युवकले नदिमा हामफाले लगत्तै त्यहाँ एक जना युवती आएरै रोएका कुरा प्रत्यक्षदर्शीहरुले बताएका छन् ।