
निरन्तरको वर्षापछि आएको पहिरोका कारणले गदा स्याङ्जामा दुई घर भत्किएका छन । पहिरोले फेदीखोला गाउँपालिका ४ का जैसीडाँडा निवासी गोपाल दमाई र श्याम दमाईको घर गोठ भत्किएको र गोठमा रहेको एउटा भैसी मरेको छ। पहिरो प्रभावित परिवारलाई गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले त्रिपाललगायतका केही राहत सामग्री बाडिएको जनाइएको छ ।