काठमाण्डौ । निर्वाचन आयोगले दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १ लाख ५५ हजार कर्मचारी मतदान केन्द्रमा खटाएको जनाएको छ । आयोगले हरेक मतदान केन्द्रमा खटिने कर्मचारीले स्थानीय राजनीतिक दलसँग छलफल गरेर सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिने समेत आयोगले जनाएको हो ।
आयोगले मतदान केन्द्रमा खसिटने कर्मचारीहरुले मतदान केन्द्र निर्माण, मतदाता परिचयपत्र वितरण तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने छन् । त्यसैगरि मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतहरुले प्रमुख जिल्ला अधिकारीहरुसँग छलफल गरेर मतदान केन्द्रको संवेदनशीलता हेरेर सुरक्षा सुदृढ पार्ने समेत जनाएको छ ।
सोमबार सम्म सबै जिल्लाका मतदान केन्द्रमा कर्मचारी पुगेर मतदाता परिचय पत्र समेत वितरण गर्ने छन् भने परिचयपत्र लिन आउने मतदाताहरुलाई मतदान गर्ने तरिकाबारेमा समेत शिक्षा दिने आयोगले जनाएको छ ।