
स्कारपियो र मोटरसाइकल ठोक्किँदा काभ्रेमा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।दुर्घटनामा मोटरसाइकल चालक बनेपा-१२ कोटथुम्काका २१ वर्षीय रबिन थापाको उपचारका क्रममा शीर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मोटरसाइकलमै सवार सोही ठाउँका २६ वर्षीय सबिन थापाको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।बनेपा नगरपालिका-१४ साझा पेट्रोलपम्प नजिक बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५७प ९४६९ नम्बरको मोटरसाइकल बिपरीत दिशाबाट आइरहेको बा१च ८११२ नम्बरको स्कारपियोमा ठोक्किँदा दुर्घटना भएको हो ।स्कारपियोका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।