
ज्यान मार्ने धम्की दिएर युवतीलाई जंगलमा लगी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङ रुपाकोट मझुवागढी-५ घर भई हाल इटहरी-८ गैसार बस्ने २१ वर्षीय विजय राई छन्।
राईले इटहरीकी एक युवतीलाई कात्तिक १० गते बिहान तरहरा जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ।
भनेको नमाने ज्यान नै लिने र परिवारको सदस्यलाई समेत मार्ने धम्की दिएर ती युवकले मोटरसाइकलमा चढाएर जंगलमा लगी ती युवतीलाई करणी गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए।
तरहरा जंगलमा लगेर जबरजस्ती करणी गरेको र पीडितले लगाएको सुनको सिक्री समेत लुटेर फरार भएको जाहेरी आएपछि राईलाई पक्राउ गरिएको भण्डारीले बताए।