612 views 0 secs 0 comments

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ …

In समाज
१७ कार्तिक २०७६, आईतवार १४:४५

आपसी विवादको क्रममा खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा सर्लाही प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कबिलासी नगरपालिका-८ बस्ने २७ वर्षीय जयकुमार साहलाई शनिबार साँझ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सलेमपुर बस्ने २१ वर्षीय दिपेश यादबलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
दिपेश, सोही ठाउँ बस्ने २० वर्षीय पप्पु भन्ने राकेश यादब र २३ वर्षीय रितेश यादबको पुरानो रिसीइबीको बिषयलाई लिएर जय कुमारसँग झगडा हुँदा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । घाइते जयकुमारलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लगिएको प्रहरीले जनाएको छ ।