12 views 0 secs 0 comments

प्रहरीलाई कुटपिट गर्ने १२ जना पक्राउ :गुल्मी

In समाज
१२ कार्तिक २०८०, आईतवार ०५:३८

कार्तिक १२ ,गुल्मी गुल्मीमा दुई दिन अघि प्रहरी माथि सर्वसाधारण जाई लागेको घटना गुपचाप पार्न खोजिएको छ।

दुई दिन अघि जिल्लाको मालिका गाउँपालिका, अर्खबाङ्ग, ठुलाचौर स्थित सरायँ नाचमा सर्वसाधारण बिच झगडा मिलाउन पुगेकाप्रहरीलाई स्थानीय जाई लागेको कुरा गुपचाप पारिएको हो। स्थानीयको आक्रमणमा दुई जना प्रहरी घाइते भएको बताईन्छ।

त्यस घटनालाई मध्ये नजर गर्दै हिजो अर्जैको सरायमा थप झडप हुने अनुमान गरेर त्यस सराय नाचमा नेपाल प्रहरीका डिएसपीकोनेतृत्वमा सशस्त्र प्रहरी सहितको सुरक्षाकर्मीपरिचालित थिए। डिएसपी डिल्लिनारायण पाण्डे विद्यालय परिसर भित्र थिए।

हामी गएर भेट्दामैले त्यस घटनाको पुष्टि गर्न मिल्दैनभने। मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले भने आफ्नै आँखा अगाडीत्यो घटना भएको बताए। जिल्ला प्रहरी प्रमुख एसपी नविन किशोर प्रधान सङ्ग अहिले भर्खर बुझ्दा त्यस दिन उक्त घटना भएको १२जना पक्राउ परेको जानकारी दिए तर नाम विवरण प्राप्त भएको छैन।