11 views 0 secs 0 comments

मोबाइलको बारेमा सामान्य विवाद हुँदा साथीको हत्या

In समाज
१२ कार्तिक २०८०, आईतवार ०५:१८

१२ कात्तिक, जनकपुरधाम

जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवन मोबाइलको सामान्य विवादकोकारण भएको खुलेको

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको खुलेको प्रहरीको दाबी

प्रहरीले हत्या अभियोगमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी हरिचन मण्डललाई पक्राउ गरि सार्वजनिक पनि गरेको दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको एसपी खड्काले बताए

गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो

तीनैजनाले सँगै बसेर लागूऔषध सेवन गरेको त्यसपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरिरुपेशको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए

बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए

प्रहरीका अनुसार उनीहरुले बुधबार टेम्पोमा जटही हुँदै भारतको पारी बजारमा गई लागु औषध नाइट्राभेट ट्याब्लेट किनेर सेवन गरेकाथिए