सुरुंगाको सिमलवाडीस्थित मित आमाको घर आएकी इलाम निवासी एक युवती बिहीबार दिउँसो जीवनमै नसोचेको दुर्घटनाको सामना गर्नुपर्यो । पटक–पटक मृत्युको सामना गर्नुपर्ने कल्पनाभन्दा बाहिरको घटनाको सामना गर्नुपर्यो ती युवतीले ।
मोटर साइकलमा जाँदै गर्दा अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चिया बगानमा तीन युवाले खुकुरी तेस्याएर उनीहरूको मोटरसाइकल रोक्न लगाए । बाटो ढुकेर यसको काम गर्नेमा थिए, अर्जुनधारा नगरपालिका वडा नम्बर ९ निवासी विजयबहादुर मगर, नवीन डाँगी र अर्का एक साथी । मोटर साइकल रोकपछि तीन जनाले दिदी भाइलाई कुटपिट गर्दै चिया बगानभित्र पुर्याए ।
सुरुंगास्थित मित आमाको घरमा आएकी ती युवती बिहीबार दिउँसो मित आमाको छोरासँग बाइक चढेर आफ्नो घर इलाम जान लागेकी थिइन् । दिदीलाई घरसम्म पु¥याएर आउन आमाले आफ्नो छोरालाई पठाएकी थिइन् । आमाको आदेशपछि खुसी हुँदै दिदी पु¥याउन गएका उनी पनि दिदीकै जसरी पटक–पटक मृत्युको सामना गर्ने घटनाको सिकार हुनुपर्यो।
मोटर साइकलमा जाँदै गर्दा अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चिया बगानमा तीन युवाले खुकुरी तेस्याएर उनीहरूको मोटरसाइकल रोक्न लगाए । बाटो ढुकेर यसको काम गर्नेमा थिए, अर्जुनधारा नगरपालिका वडा नम्बर ९ निवासी विजयबहादुर मगर, नवीन डाँगी र अर्का एक साथी । मोटर साइकल रोकपछि तीन जनाले दिदी भाइलाई कुटपिट गर्दै चिया बगानभित्र पुर्याए ।
उनीहरूलाई लाग्यो, पैसा लुट्न ल्याए, दुवैले आफूहरूसँग भएको सबै पैसा दिने बताए । अभियुक्तले युवतीसँग भएको ४ हजार २ सय र उनका भाइसँग भएको ८ हजार रुपैयाँ लुटे । भएको पैसा लुटेपछि पीडितले छाड्ने अपेक्षा गरेका थिए तर अभियुक्तबाट अपराधको कुनै सीमा रहेन । सभ्य समाजमा पच्नै नसक्ने हर्कत देखाए उनीहरूले । एक्कासि युवतीलाई कपडा खोल्न आदेश दिए ।
पब्लिक आवाज /संवाददतता ले बिभिनन अनलाईनहरुको सहयोगमा तयार पारेको
उनले अस्वीकार गरिन् । नाइँ भन्न नपाउँदै समातेर भाइकै सामु युवतीको सबै कपडा खोलेर नांगो पारियो । दिदीको यो स्वरूप देख्न नसकी भाइ आँखा छोपेर बस्यो । मगर र डाँगी सहितका तीन युवालाई त्यत्तिले पनि चित्त बुझेन । आफूहरूले पालो सकिएको भन्दै भाइलाई नै दिदीको संवेदनशील अंग छाम्न लगाए । अनि मोबाइल झिकेर युवतीको नांगो शरीरमा ताण्डव नृत्य देखाए । उनको सबै अंग मुसारे ।

त्यतिले मात्रै चित्त बुझाएनन् । तिनै जना अभियुक्तले पालैपालो गरी युवतीको संवेदनशील अंग योनिमा हात हाल्ने, घोच्ने, खेलाउने काम गरे । उनको स्तनमा पनि समाउने, माड्ने हर्कत गरिरहे । आफूहरूले मात्रै नपुगी भाइलाई समेत यस्तो कुकर्म गर्न बाध्य पारे । अनि दिदी–भाइबीच नै चुम्बन गर्न लगाए ।
अभियुक्तहरूले युवतीमाथि गरिएको अत्याचारलाई भिडियामा कैद गरेका थिए । नांगो पारी शरीरका सबै अंगमा सुमसुम्याउँदै भिडियो खिचेपछि मगर र डाँगीले सुरु गरे पैसाको बार्गेनिङ । पीडितले १० हजार मात्रै दिनसक्ने बताए । आफूहरूले मागेजति पैसा नदिए फेसबुकमा अपलोड गर्ने धम्की दिए । यो धम्कीपछि दिदी भाइ नै मरेतुल्य भए । उनीहरूले आफूसँग भएजति सबै पैसा लैजान हार गुहार गरे । तर, उनीहरूले एक लाख चाहिने बताए ।
दुवै जनाले ‘हामीसँग यत्रो पैसा छैन, हामी १० हजार मात्र दिन सक्छौँ, बैंकबाट निकाल्नुपर्छ भन्दै आफ्नो वेदना पोखे तर उनीहरूलाई छोएन । उनीहरूले मोटरसाइकलको चाबी खोसी महिलालाई चियाबारीभित्र एकान्त स्थानमा राखेर भाइलाई एक जनाको साथ लगाएर बैंकमा पैसा लिन पठाए । जीवनकै ठूलो दुर्घटना बेहोर्न बाध्य ती युवा साथ लागेर आएका अभियुक्तलाई छलेर इलाका प्रहरी कार्यालय बिर्तामोड पुगे । घटनाबारे जानकारी दिनासाथ प्रहरी घटनास्थल पुग्यो । प्रहरी पुग्दा ती युवती चियाबारीभित्र कपडा खोलिएको अवस्थामा थिइन् । प्रहरीले तत्कालै उनको उद्धार गर्यो । अनि घटनामा संलग्नमध्येका डाँगी र मगरलाई तत्काल पक्राउ गर्यो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० कृष्णप्रसाद कोइरालाका अनुसार बिहीबार दिउँसो १ स् ३० बजे चिया बगानमा यो घटना भएको थियो । सो घटनामा संलग्न एक अभियुक्त अझै फरार रहेको डिएसपी कोइरालाले जानकारी दिए । प्रहरीले दिदी भाइलाई चुम्बन गर्न लगाएर खिचिएको भिडियो पनि बरामद गरेको छ ।
जबरजस्ती गरेर बनाएको अश्लील भिडियो आफूसँग रहेको डिएसपी कोइरालाको भनाइ छ । प्रहरीले यस घटनालाई अपराधमा नयाँ शैलीको रूपमा परिभाषित गरेको छ । डिएसपी कोइरालाका अनुसार अभियुक्तहरूलाई जबरजस्तीकरणी उद्योग र चोरीमा मुद्दा चलाइएको छ ।