543 views 0 secs 0 comments

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मुल्य घटायो…

In देश
२४ भाद्र २०७६, मंगलवार १२:५०

नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मुल्य घटाएको छ ।
आज मंगलबार दिउँसो १२ बजेपछि लागु हुने गरी पेट्रोल,डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाइएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आजबाट औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पेट्रोलियम पदार्थ आउने भएसँगै निगमले तेल घटाएको हो ।
नयाँ मुल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ र डिजल रमट्टीतेल प्रतिलिटर ९५ खुद्रा मूल्य कायम भएको छ। यसअघि पेट्रोल १०९ र डिजेल तथा मट्टीतेल ९७ रुपैयाँ रहेको थियो ।