586 views 0 secs 0 comments

सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी २८ दशमलब ४० ग्राम सहित पक्राउ…

In समाज
२१ भाद्र २०७६, शनिबार १६:५२

भिमफेदी गाउँपालिका–६ बाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी २८ दशमलब ४० ग्राम सहित ललितपुर गोदावरी नगरपालिका–१२ बस्ने ४८ वर्षीय राधेश्याम कार्कीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा.१२ च ३२७७ नम्बरको कार जाँच गर्ने क्रममा कारचालक कार्कीलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यो पनि हेर्नुहोस्, काठमाडौं काडाँघारी बस्ने २१ वर्षीय सुरेन्द्र सिंहलाई फलामको रड प्र’हार गरी घाइते बनाएको अभियोगमा काठमाडौं धुम्बाराही बस्ने सिन्धुपाल्चोकका बा.१ ख ८९२३ नम्बरको बसका सहचालक रोशन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी गौशालाबाट चावहिलतर्फ जाँदै गरेको उक्तमा बसमा भाडाको विषयलाई लिएर विवाद हुँदा सह–चालक गिरीले यात्रु सिंहलाई रड प्र’हार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । घाइते सिंहको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।