822 views 0 secs 0 comments

बर्दिवासमा रहेको नेपाली सेनाको गण नजिकै एक महिलाको शव फेला…

In समाज
२१ भाद्र २०७६, शनिबार १७:००

महोत्तरीको बर्दिवासमा रहेको नेपाली सेनाको गण नजिकै एक महिलाको शव फेला परेको छ । महोत्तरीको बर्दिवास नगरपालिका –८ बिजयबस्ती टोलमा रहेको नेपाली सेनाको मध्यपूर्वी पृतनाको कालीसिद्धि गण परिसर नजिकै बिहान साढे ७ बजेतिर अन्दाजी ३० वर्षीया अपरिचित महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महिलाको शरीरमा चोटपटक देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।