557 views 0 secs 0 comments

माथीबाट खसेको ढुङ्गाले लाग्दा पदयात्रीको ज्यान गयो ।

In समाज
३१ श्रावण २०७८, आईतवार १६:४९

लाङटाङको भ्रमण गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहेका छन् ।
उनको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो । भ्रमण सम्पन्न गरी लाङटाङबाट स्याफ्रुबेँसीतर्फ फर्किँदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

यही साउन २६ गते घुमफिरका लागि उनीसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ गएका थिए । फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको बताइएको छ ।

शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पुर्याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार उद्धारकर्मी सुरक्षा अङ्गले आज साँझसम्म धुञ्चे पुर्याउने छन् ।