
नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको नेपाल टेलिकम आज बन्द हुन सक्ने बताइएको छ । टेलिकमको फोरजी–एलटिई सेवा अपग्रेड गर्ने भएको हुँदा यस्तो समस्या आउँन सक्ने बताइएको छ । आज राति ११ः३० बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने जानकारी दिइएको हो । मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना जारी गरेको छ ।
जारी सुचनामा भनिएको छ, ‘फोरजी–एलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेड सम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ ।’ टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि पत्रमा उल्लेख गरिएको छ ।