605 views 0 secs 0 comments

पूर्व खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या..

In विश्व
३२ श्रावण २०७६, शनिबार १६:१०

पछिल्ला दिनहरुमा विश्वमा आत्महत्याजस्ता घटनाहरु बढ्दै गइरहेका छन् । यो बीचमा चर्चित भारतीय पूर्व खेलाडी भीबी चन्द्रशेखरले आत्महत्या गरेका छन् । उनले ऋणको चिन्ताका कारण आत्मह’त्या गरेको आशङ्का गरिएको छ ।
अनुसन्धानमा सम्लग्न प्रहरी अधिकारी सेन्थिल मुरूगानले भने, ‘५७ बर्षीय चन्द्रशेखरलाई उनको परिवारले दक्षिणी शहर चेन्नईमा बिहीबार साँझ मृ’त अवस्थामा भेटेका प्रहरीलाई जानकारी दिइएको छ ।’
मोरूगनले एएफपीसँग भने, ‘हामीले घटनालाई अप्रा’कृतिक मृत्युका रूपमा दर्ता गरेका छौँ । हाम्रो प्रारम्भिक अनुसन्धानबाट भारतीय क्रिकेटका पूर्व खेलाडीले आर्थिक सङ्कटको समस्याका कारण मृत्यु रोज्दै आत्महत्या गरेको भन्ने बुझिएको छ । उहाँको शवको परीक्षणपछि थप विवरण आउनेछ ।’
सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले विभिन्न एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सात पटक खेलेका उनको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रणजी पदक जितेको थियो ।
भारतीय सुप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकरले ट्वीटरमार्फत् शो’क सन्देश व्यक्त गर्दै भने, ‘चन्द्रशेखरको मृत्युको खबरले मलाई स्तब्ध बनाएको छ । यस समय उहाँसँगको न्यानो स्मृतिलाई मैले सम्झिनुको विकल्प रहेन । मृतकको परिवारजनप्रति समवेदना प्रकट गर्दछु ।’