
पछिल्ला दिनहरुमा आत्महत्याका घटनाहरु एकपछि अर्को गर्दै बढ्दै गइरहेका छन् । यो बीचमा सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेर एक जना महिलाले आत्महत्या गरेको खुल्न आएको छ ।
आज बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङआज बिहान करिब साढे ८ बजेतिर हाम्फालेको काठमाडौंका प्रवक्ता बोगटीले जानकारी दिनुभयो। मृतक सिकिलाका श्रीमान् भारतीय आर्मीमा कार्यरत भएको बताइएको छ । प्रहरीले घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको जनाकारी दिएको छ ।