
प्रविधिको बारेमा पूर्ण जानकारी नभई चलाउन खोज्नु कहिलेकाही कति भारी पर्छ भन्ने उदाहरण अमेरिकामा नेपालीभाषीको परिवारमा परेको छ । बन्दूकका कारण अमेरिकाको ओहायोमा एक नेपाली भाषीको दुखद निधन हुन पुगेको छ ।
बन्दूकलाई चिन्न नसक्दा तथा खेलाची गर्दा शनिवार ओयाहोमा नेपालीभाषी भुटानी परिवारमा अकल्पनीय दुखद घटना हुन पुग्यो । एक महिलाले बन्दूक सक्कलि हो कि नक्कलि भनेर हातमा लिदा लिदै पड्किएर आफ्नै हातबाट श्रीमानको निधन हुन पुग्यो ।
स्थानीय समाचारहरुलेपनि घटना झुक्किएर भएको जनाएका छन भने आफन्तहरुलेपनि सोही कुरा बताएका छन । आरोपी नेपालीभाषी भुटानी महिलाले आफन्तसँग रहेको बन्दूकलाई खेलौना सम्झिइ चलाउँदा उनका श्रीमान टीका कट्टेलको टाउकोमा गोली लागेको थियो ।