
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिर महिनाको अन्तिमदेखि चीनको गोञ्झाओ उडान गर्ने तयारी गरेको छ ।
लामो समयको प्रयासपछि निगमले गोञ्झाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको गोेञ्झाओ उडान सुनिश्चित भएको हो ।
‘निगमको जहाज गोञ्झाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महिनादेखि उडान शुरु हुनेछ,’ मन्त्रालयका एक अधिकारीले भने ।