676 views 2 secs 0 comments

अष्ट्रेलियाले आईएसविरुद्धको कारवाही रोक्ने

In विश्व
७ पुष २०७४, शुक्रबार ११:४३
पुस ७, २०७४ – अष्ट्रेलियाले इराक र सिरियामा इस्लामिक अतिवादी संगठन आईएसविरुद्धको हवाई कारवाही रोक्ने भएको छ । सो क्षेत्रमा हवाई कारवाही गर्दै आएको अष्ट्रेलियाले ६ वटा लडाकु जेट बिमान फिर्ता बोलाउने निर्णय गरेको छ । इराकले आईएसविरुद्ध विजय घोषणा गरेपछि यस्तो निर्णय लिइएको रक्षा मन्त्री मरिस पेनले बताए । यद्यपी इराक सरकारको आग्रहमा अनुगमनमा खटिने जहाज भने त्यही रहने अष्ट्रेलियाले जनाएको छ । अमेरिका नेतृत्वको गठबन्धनमा आवद्ध राष्ट्र अष्ट्रेलियाले २ बर्ष भन्दा लामो समयदेखि आईएसविरुद्ध कारवाही गर्दै आएको छ । अष्ट्रेलियाले आईएसविरुद्धको लडाईका लागि ७ सय ८० सैनिक खटाएको बीबीसीले उल्लेख गरेको छ ।

http://bit.ly/2BjCjtQ