573 views 0 secs 0 comments

यी बालकलाई ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा सहायक कलेक्टरले सम्मान …

In विश्व
३२ श्रावण २०७६, शनिबार १८:१९

सम्मान सानो वा ठुलो हुँदैन यो मानिसको कर्ममा भर पर्ने कुरा हो । हामीले कस्तो कर्म गर्छौ त्यसको आधारमा हामीलाई समाज, देश वा विश्वले सममान दिने गर्दछ ।
जो व्यक्तिले मानिसहरुका लागि काम गर्छ उसैर्लाइ सम्मान दिने परम्परा रहँदै आएको छ । यस्तै, भारतको कर्नाटक राज्यका १२ वर्षीय एक बालकको भिडियो भाइरल भएपछि उनको निकै तारिफ भैरहेको छ ।
देवदुर्ग तालुका हीरेरायनकुम्पी गाउँका वेंकटेश नाम गरेका ती बालकले बाढी आएका बेला बीच पुलबाट एम्बुलेन्सलाई बाटो कटाउन सहयोग गरेपछि उनको हौसला र बहादुरीलाई लिएर चौतर्फी चर्चा भैरहेको छ । ती बालकले आफ्नो ज्यानको कुनै चिन्ता नगरी एम्बुलेन्सलाई बाटो देखाएका थिए ।
एम्बुलेन्समा ६ जना बालबालिकासहित एक जना महिलाको शव थियो । भिडियो भाइरल भएपछि ती बालकलाई ७३ औँ स्वतन्त्रता दिवसको अवसरमा सहायक कलेक्टरले सम्मान पनि गरेका थिए ।