637 views 1 sec 0 comments

मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ …

In समाज
३० श्रावण २०७६, बिहीबार ११:४४

मकवानपुर प्रहरीले ५९ किलो ५८० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-६ बस्ने २० वर्षीय भिमसेन मोक्तान र सोही ठाउँकै २६ वर्षीय रोशन लामा छन् ।
उनीहरुलाई हेटौंडा उपहानगरपालिका- १० बसपार्क सडकखण्डबाट पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
भिमसेन चलाएको ५ ख १८२५ नम्बरको मिनी ट्रकको चालक बस्ने सिट मुनि लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । गाँजा बरामद भएपछि सोही ट्रकमा सवार लामालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ