900 views 0 secs 0 comments

आँखा जचाउन गएकी युवतीमाथि यौन दुर्व्यवहार, डाक्टर पक्राउ…

In समाज
२६ श्रावण २०७६, आईतवार १६:३३

आँखा जचाउन क्लिनिक गएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले युवतीको उजुरीपछि ती डाक्टरलाई ललितपुरबाट पक्राउ गरेको हो।
२२ गते पक्राउ परेका डाक्टरमाथि जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालिएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण चिमरियाले बताए।
आँखा रोगका ती डाक्टरकहाँ जचाउन गएकी युवतीले परिसरमा जाहेरी दिएको चिमरियाले बताए। पीडितको परिचय खुल्ने हुनाले डाक्टरको क्लिनिक र डाक्टरको नाम खुलाइएको छैन।