धादिङ : धादिङमा मोटरसाइकल भीरबाट खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारबाट आरुघाटतर्फ जादैँ गरेको बा ७९ प ७२७ नम्बरको मोटरसाइकल त्रिपुरासुन्दरी वडा नम्बर १ सल्यानटारको भीरबाट खस्दा जितेन्द्र अधिकारी र भुवन पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।