504 views 0 secs 0 comments

वनस्थलीमा माइक्रोको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत नहुँदा शव अलपत्र…

In समाज
१ पुष २०७६, मंगलवार १२:४६

काठमाडौंको वनस्थलीमा माइक्रोको ठक्करबाट ज्यान गुमाएका पुरुषको सनाखत नहुँदा शव अलपत्र परेको छ ।
बा ६ झ ९२१९ नम्बरको माइक्रोको ठक्करबाट आइतबार अन्दाजी ४०/४२ वर्षका पैदलयात्रु गम्भीर घाइते भएका थिए । घटनापछि उपचारका लागि उनलाई शुभेच्छा अन्तर्राष्ट्रिय अस्पताल, सितापाइला लगिएकोमा त्यही उनको मृत्यु भएको थियो ।तर, उनको पहिचान हुन नसक्दा शव अलपत्र परेको छ । मत्युपछि पनि उनको परिवार वा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ ।