
मौसम पूर्वानुमान महाशाखाले मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाले तराईका विभिन्न स्थानमा र पहाडी र हिमाली क्षेत्रको मौसको आज दिनभरीको अवस्थाको बारेमा जानकारी दिएको छ ।
मौसम पूर्वानुमानका अनुसार नेपालमा आज कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । मंगलबार देशको पहाडी भू–भागहरुमा आंशिक बदली हुने र तराईका भु–भागहरुमा हुस्सु र कुहिरो लागेको छ । दिनभरी देशको पूर्वी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यता सफा रहने र राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यद्यपि, देशभरी नै चिसो बढेको छ । चिसोले दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ ।यसैगरी, तराईका अधिकांश भू–भागहरुमा बाक्लो हुस्सु लागेको छ । पहाडी क्षेत्रहरुमा पनि सामान्य हुस्सु लागको छ । मौसम पूर्वानुमानले आगामी २४ घण्टाको लागि शित लहरको सम्भावना नरहेको जानकारी दिएको छ ।