
धादिङको धुनीवेशी नगरपालिका–६, नौबीसेमा ट्रकको ठक्करबाट एक भारतीय नागरिकको ज्यान गएको छ काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिँदा अन्दाजी ४२ वर्षीय सत्यनारायण दासको मृत्यु भएको हो । दास भारत पश्चिम चम्पारनका स्थायीबासिन्दा हुन् ।जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले दिएको जानकारी अनुसार ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि नेसनल अस्पताल कलंकी पुर्याइएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियाे ।
प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक सुनौली नगरपालिका–९ का ३५ वर्षीय यमबहादुर पाइजा मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको धादिङका प्रवक्ता प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।