611 views 1 sec 0 comments

उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ …

In देश, समाज
२३ श्रावण २०७६, बिहीबार ११:३७

प्रहरीले उदयपुरबाट हजारका नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।

चौदण्डीगढी नगरपालिका-५ सिवाई बस्ने मोहम्मद अनिल मियालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।

उनको साथबाट च्यातिएको अवस्थामा रहेको १ हजार दरका २ वटा र लुकाई राखेको १ हजार दरका थप ३९ वटा नक्कली नोट बरामद गरिएको छ।

मोहम्मदले सोही ठाउँस्थित किराना पसलमा १ सय ४० रुपैयाँको सामान किनी हजार रुपैयाँको नोट दिएर ८ सय ६० फिर्ता लिएका थिए।

पछि उक्त हजारको नोट नक्कली भएको खुलासा भएपछि ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले मोहम्मदको घर तलासी गर्दा उक्त नोटहरु फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।