गुल्मी, मंसिर २० – गुल्मीको मुसिकोट नगरपालिका ३ मा पत्रकारको मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको छ ।
नेपाल पत्रकार महासंघ गुल्मी शाखाका सदस्य तथा सारथी एफएमका संवाददाता वसन्त अधिकारीको घरमा रहेको लु १९ प ६०७४ नम्बर को पल्सर मोटरसाइकलमा नचिनेका मानिसको समूहले क्षति पुर्याएको हो ।
अधिकारीको मोटरसाइकल मंगलबार रातको समयमा घरबाट नजिकै लगेर फालिदिएको अवस्थामा बुधबार बिहान फेला परेको हो । घटनाप्रति नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।