समाज
२ माघ २०७६, बिहीबार १०:४७
541 views 0 secs 0

चितवनमा ट्याङ्करको ठक्करबाट एक जना मृत्यु…

ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ ।  हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका २५ वर्षीय युवाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

समाज
२९ पुष २०७६, मंगलवार १७:५५
823 views 0 secs 0

दुई हजार रुपैयाँ घुस लिएको आरोपमा एक प्रहरी जवान पक्राउ…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जम्मा दुई हजार रुपैयाँ घुस/रिसवत लिएको आरोपमा एक प्रहरी जवानलाई पक्राउ गरेको छ । आयोगको टंगालबाट खटिएको टोलीले लोगबहादुर खड्कालाई पक्राउ गरेको हो । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खड्कालाई कोटेश्वरबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो । कारागार सुरक्षा गार्ड कैलाली दरबन्दी रहेका उनी महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत छन् ।

समाज
२९ पुष २०७६, मंगलवार १७:५०
872 views 0 secs 0

खोटाङको बामराङमा विद्युत सर्ट भएर आगलागी…

खोटाङको बामराङमा विद्युत सर्ट भएर आगलागी भएको छ । आगलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बामराङ बस्ने गोपी कटवालको घरमा क्षति पुगेको हो । मंगलबार बिहान आगलागी हुँदा घर तथा विभिन्न सामान जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

समाज
२९ पुष २०७६, मंगलवार १७:०१
498 views 0 secs 0

लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ…

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालीका ८ मा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले तीन जनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । धनगढीउपमहानगरपालिका १० घर भई वडा नम्बर ८ को बुद्धचोकमा डेरा गरी बस्ने २० वर्षका उमेश धामी, २० […]

समाज
२९ पुष २०७६, मंगलवार १३:५३
729 views 0 secs 0

साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ १ जनाको मृत्यु…

शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ । काठमाडौँबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो ।  उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक […]

समाज
२८ पुष २०७६, सोमबार १७:२८
1584 views 1 sec 0

प्रहरी भन्दै रकम असुली गरेको अभियोगमा २ जना पक्राउ…

बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी भएकाे भन्दै नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय पर्शुराम महतो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जिवन दास रहेका छन् । उनीहरुले प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ हजार नगद […]

समाज
२८ पुष २०७६, सोमबार १६:३७
628 views 0 secs 0

जग्गा नापजाँच गर्दा ७ हजार रुपैयाँ घुससहित नापी पक्राउ…

जग्गा नापजाँच गर्दा घुस नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।

समाज
२८ पुष २०७६, सोमबार १५:२४
565 views 0 secs 0

थ्री नट थ्री राइफलसहित एक जना पक्राउ…

म्याग्दीको भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन् । प्रहरीले सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १ नाल, सोको म्याग्जिनमा लोड भएको गोली ७ राउण्ड, लोड गरी राखिएको भरुवा बन्दुक १ थान र उक्त बन्दुकमा […]

समाज
२८ पुष २०७६, सोमबार १५:१५
687 views 0 secs 0

शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी प्रहरीले पक्राउ…

शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । तर, विदेश नपठाएको भन्दै महाशाखामा ४ जना शिष्यले उनीविरुद्ध उजुरी दिएका छन् । […]

समाज
२८ पुष २०७६, सोमबार ११:५८
582 views 0 secs 0

युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई पक्राउ…

प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ । डोटीको साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । गौरीगंगा–७ की रत्ना बोहोरा (धामी) समेतका २०÷२१ जनालाई भेला गरी […]