समाज
५ चैत्र २०७६, बुधबार १६:४१
724 views 1 sec 0

पर्सामा गाँजा र चरेससहित प्रहरीले एकजनालाई नियन्त्रणमा…

पर्सामा गाँजा र चरेससहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका-४ देउरवानाका ५० वर्षीय नुर आलम मियाँ रहेका छन् । उनलाई प्रहरी चौंकी रंगपुरटाडी पर्साबाट खटिएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका-२ बैधनाथपुरबाट मंगलबार नियन्त्रणमा लिएको हो । उनको साथबाट एक किलो ५०० ग्राम गाँजा र एक किलो चरेस र एक किलो […]

समाज
४ चैत्र २०७६, मंगलवार १३:४१
517 views 0 secs 0

बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई पक्राउ…

बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूको साथबाट ६० हजार नगदसहित ४ बुक […]

समाज
३ चैत्र २०७६, सोमबार १३:००
502 views 0 secs 0

बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु…

दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् ।  दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा बिहान ९ बजे मृत्यु भएको हो । […]

समाज
२ चैत्र २०७६, आईतवार १६:१७
506 views 0 secs 0

गुल्मीमा एक जना महिला मृत फेला…

गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर–४ बीरबासमा अन्दाजी ३४ वर्षीया बिन्दु थापा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए । जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–३ घर भएकी थापा माइतीमा बस्दै आएको प्रहरीले जनाएको छ । फागुन २६ गते घरबाट हिँडेकी […]

समाज
१ चैत्र २०७६, शनिबार १५:२१
520 views 0 secs 0

टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु…

भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा मिनी टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको […]

समाज
१ चैत्र २०७६, शनिबार ११:२८
466 views 0 secs 0

बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु…

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको वीरेन्द्रनगर चोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्रदेश नम्बर १ ०१००१ ख ३४६४ नम्बरको बसले गएराति विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३ ०३०१४ प १४४६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । […]

समाज
२९ फाल्गुन २०७६, बिहीबार २०:३१
478 views 0 secs 0

विप्लव समूहका तनहूँ जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ…

नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका तनहूँ जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ परेका छन् । रोल्पाको सनुछहरी गाउँपालिकाका ३९ बर्षीय पूर्णजीत पुन र तनहुँको बन्दीपुर गाउँपालिकाका २१ बर्षीय पर्वतबहादुर सेढाईलाई बुधबार लक्ष्मीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीका अनुसार पुन तनहूँ जिल्ला इन्चार्ज हुन् भने सेढाईं विद्यार्थी संगठनका कार्यकर्ता हुन् । […]

समाज
२९ फाल्गुन २०७६, बिहीबार १६:१२
508 views 1 sec 0

बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु…

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका-५ डोकेबजारमा बोलेरो जीपबाट खसेर एकजनाको मृत्यु भएको छ । पहलमानपुरबाट सुखड्तर्फ आइरहेको से१च १०३४ नंको बोलेरोमा सवार अछामको रामारोशन गाउँपालिका-७ का २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ । यात्रा गरिरहेका बेला उनीसँग रहेको इयरफोन खसेको र तान्न खोज्दा खसेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखड्का […]

समाज
२७ फाल्गुन २०७६, मंगलवार २०:३७
469 views 0 secs 0

मजदुर हत्यामा संलग्न एक जना पक्राउ…

प्रहरीले ललितपुरको गुह्यपोखरीमा हत्या गरिएका मजदुर हरि खड्काको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको गढी-१, पिङडाँडा घर भएका १९ वर्षीय धने भनिने आरुष थिङ छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले पक्राउ गरेको हो । मूर्तिको काम गर्ने खड्काको २८ साउनमा कुटपिट गरी हत्या भएको थियो । महाशाखाका प्रमुख […]

समाज
२७ फाल्गुन २०७६, मंगलवार १०:२९
551 views 0 secs 0

कटुवा पेस्तोलसहित एक जनालाई झापामा पक्राउ…

प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई झापामा पक्राउ गरेको छ । दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतम कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, दमकबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोलसहित एउटा गोली […]