समाज
१० मंसिर २०७८, शुक्रबार ११:४९
310 views 0 secs 0

झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको मृत्यु

झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका-९ का ६० वर्षीय राकबहादुर बुर्जा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार आज बिहान मेची नगरपालिका १४ शनिबारेका टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको थियो ।

समाज
१० मंसिर २०७८, शुक्रबार ०७:२५
281 views 0 secs 0

धादिङमा ट्रकले ठक्कर दिँदा एक जनाकाे मृत्यु, एक जना घाइते …

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाण्डाै जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको […]

समाज
९ मंसिर २०७८, बिहीबार १३:५१
426 views 0 secs 0

पाँचथरमा भालुको आक्रमणबाट एक जना घाइते…

भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ मा एक जना वृद्ब गम्भीर घाइते भएका छन्। भालुकाे आक्रमणबाट फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएकाे हाे । उहाँलाई आज बिहान भालुले आक्रमण गरेको थियो । फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको […]

समाज
९ मंसिर २०७८, बिहीबार ११:४०
258 views 0 secs 0

कर्णालीमा २५ घण्टाको अवधिमा तीन जनाले आत्महत्या…

कर्णाली प्रदेशमा २५ घण्टाको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । तीनै जनाले पासो लगाएर आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार डोल्पामा एक जना र सुर्खेतमा दुई जनाले आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ वर्षकी […]

समाज
८ मंसिर २०७८, बुधबार १६:२१
310 views 0 secs 0

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ…

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० घर भइ ललितपुर जिल्ला सानागाउँ बस्दै आएकी ५१ वर्षीया दुर्गा शाही सापकोटा रहेकी छिन् । उच्च अदालत पाटनले उनीविरुद्ध मंसिर १६ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र १३ लाख ६५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको […]

समाज
८ मंसिर २०७८, बुधबार १४:३६
252 views 0 secs 0

राष्ट्रिय खेलकुद परिषद् पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन…

राष्ट्रिय खेलकुद परिषद् राखेपका पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । ५१ वर्षको उमेरमा उहाँको बुधबार बिहान निधन भएको हो । शेर्पा नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत हुनुहुन्थ्यो । नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव समेत रहनुभएका शेर्पा पछिल्लो तीन वर्षदेखि नशा सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

समाज
८ मंसिर २०७८, बुधबार १०:५५
226 views 0 secs 0

पुलबाट खसेर साइकलयात्रीको मृत्यु…

पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको […]

समाज
८ मंसिर २०७८, बुधबार ०९:०६
249 views 0 secs 0

माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज टंकमणि दुर्घटनामा परी मृत्यु

माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे टंकमणिको दुर्घटनामा ज्यान गएको छ । दाङ्गको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कदै गर्दा उहाँ चढेकाे लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी […]

समाज
७ मंसिर २०७८, मंगलवार १०:४८
226 views 0 secs 0

डोटीमा कुटपिटबाट एक जनाको मृत्यु…

डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरकाे ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते हुनुभएकाे थियाे । […]

समाज
७ मंसिर २०७८, मंगलवार ०९:४८
219 views 0 secs 0

बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते…

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते भएका छन्। सोलु दूधकुण्ड नगरपालिका-५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला […]