190 views 0 secs 0 comments

बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते…

In समाज
७ मंसिर २०७८, मंगलवार ०९:४८

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेकाे एसिड लागेर छोराछोरी घाइते भएका छन्।
सोलु दूधकुण्ड नगरपालिका-५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर छ । एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ । उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ ।