
भालुले आक्रमण गर्दा पाँचथरको फालेलुङ गाउँपालिका–३ मा एक जना वृद्ब गम्भीर घाइते भएका छन्।
भालुकाे आक्रमणबाट फालेलुङ–३ खोलाघारीका ८२ वर्षीय रामकुमार राई गम्भीर घाइते हुनुभएकाे हाे । उहाँलाई आज बिहान भालुले आक्रमण गरेको थियो ।
फालेलुङ–३ ठेप्चे भन्ने ठाउँमा गोठमा एक्लै बस्दै आउनुभएका वृद्धलाई गोठबाट खर्कतिर गाईबस्तु लैजाने क्रममा भालुले आक्रमण गरेको थियो । वृद्धको अवस्था गम्भीर रहेको गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताउनुभयो । राईलाई उपचारका लागि लागि सदरमुकाम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपीले जानकारी दिनुभयो ।