252 views 0 secs 0 comments

धादिङमा ट्रकले ठक्कर दिँदा एक जनाकाे मृत्यु, एक जना घाइते …

In समाज
१० मंसिर २०७८, शुक्रबार ०७:२५

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बिहीवार मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाकाे ज्यान गएकाे छ । ट्रकले ठक्कर दिँदा अन्य एक जना घाइते भएका छन् ।
वीरगञ्जबाट काठमाण्डाै जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालवाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङकी ११ वर्षीया कृपा अर्यालको घटनास्थलमै ज्यान गएकाे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । दुर्घटनामा घाइते मृतककी आमा मिठु अर्यालको गजुरीमा रहेकाे प्राथमिक स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डाैमा रहेकाे ट्रमा सेन्टर पठाइएको छ । ट्रक चालकलाई प्रहरीको पक्राउ गरेकाे छ ।