आज महाकवि देवकोटाको जन्मजयन्ती
२६ कार्तिक, काठमाडौँ। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। १० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्। नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ […]