12 views 1 sec 0 comments

महोत्तरीबाट ९० किलो गाजा सहित २ जना पक्राउ

In देश, समाज, सूचना-प्रबिधि
२५ कार्तिक २०८०, शनिबार १७:२१

महोत्तरी — महोत्तरीको सम्सी-५ स्थित देवीस्थानबाट २ सय ९० केजी गाजासहित २ जना पक्राउ परेका छन् । सम्सीबाट जलेश्वरतर्फ गइरहेको ना ०५ ख.९७११ नम्बरको ट्रकमा चालकको सिट पछाडि रहेको फलस बटनमा लुकाईछिपाई राखिएको १९ पोका गाजा नियन्त्रणमा लिएको महोत्तरी प्रहरीले जनाएको छ ।

गाजा लिएर हिँडेको ट्रकसहित चालक मकवानपुर बकैया घर भएका २५ वर्षका लिलाबहादुर थिङ र हेटौंडा उपमहानगरपालिका-१३ बस्ने सहचालक राजेश घलानलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरिले जानकारी दिए