समाज
४ आश्विन २०७६, शनिबार १८:२४
693 views 0 secs 0

पाल्पाको रैनादेवी छहरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु…

पाल्पाको रैनादेवी छहरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीका ५० वर्षीय झैबहादुर रेश्मी रहेका छन्। शनिबार पाल्पाको सत्यवतीबाट केलाटारतर्फ जाँदै गरेको ग २ च २७१७ नम्बरको पिकअप जीप गाउँपालिकाको वडा नं ६ अरखोरमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका रेश्मीको उपचारका लागि अस्पताल लैजाँदै […]

समाज
४ आश्विन २०७६, शनिबार १७:१०
500 views 0 secs 0

संविधान जलाएको आरोपमा अध्यक्षसहित तीन जनालाई पक्राउ…

संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए । संविधानका केही धारा–उपधारा संशोधनको माग गर्दै संविधान […]

समाज
४ आश्विन २०७६, शनिबार १५:३८
594 views 0 secs 0

रवीन्द्र पाण्डेको हत्या आरोपमा सेनाका हुद्धालाई पक्राउ…

नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपालीका रवीन्द्र पाण्डेको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेपाली सेनाका हुद्धालाई पक्राउ गरेको छ । पाण्डेको हत्या अभियोगमा उनकी श्रीमती सरस्वती पोखरेल पाण्डेसहित नेपाली सेनाको कालीध्वज गण परासीमा कार्यरत बम बहादुर घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रहरीले सरस्वतीलाई तीन दिनअघि नै पक्राउ गरे पनि […]

समाज
४ आश्विन २०७६, शनिबार १४:२८
521 views 0 secs 0

धम्क्याएर चन्दा उठाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ…

हजपुरमा धम्क्याएर चन्दा उठाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सहजपुरले चुरे गाउँपालिका ५ खानीडाँडाका ४१ वर्षीय जयबहादुर धामी लाई पक्राउ गरेको जानकारी दिएको छ । वन डिभिजन कार्यालय सहजपुरका कर्मचारीलाई कार्यालयमै गएर डर धम्की देखाई चन्दा मागिरहेको अवस्थामा धामीलाई पक्राउ गरिएको हो ।

समाज
४ आश्विन २०७६, शनिबार १३:५७
775 views 0 secs 0

सीसी क्यामेराको तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु…

करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा)को तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु भएको हो । उदयपुरको बेलका नगरपालिकाका आठ बर्षिय बालक सुमन बस्नेतको मृत्यु भएको हो । नगरपालिकाले जडान गरेको सीसी क्यामेरा रामपुर बजारको मुख्य क्षेत्र प्रहरी कार्यालय, नगरपालिका कार्यालय साथै अस्पताल रहेको सडक स्थलमा तार चुडिएको ६ घण्टापछि […]

समाज
४ आश्विन २०७६, शनिबार १३:२०
694 views 0 secs 0

चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते…

चितवनमा सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउँसो ४:५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज ८४२८ नम्बरको म्याजिकलाई विपरीत दिशाबाट आइरहेको लु२ख ६७३ नम्बरको ट्रकले ठक्कर दिँदा म्याजिकमा सवार चालकसहित चार जना घाइते भएका हुन् । घाइतेमध्ये चितवनको इच्छाकामना गाउँपालिका–६ […]

समाज
४ आश्विन २०७६, शनिबार १३:१३
771 views 0 secs 0

दाङमा मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु…

दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ निवासी २५ वर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ वर्ष कै दिपक विकको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । गएराति साढे ११ बजेतिर घोराही ९ गुकाली डाँडावाट तुलसीपुर तर्फ आउँदै गरेको रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको […]

देश, समाज
४ आश्विन २०७६, शनिबार १३:००
1044 views 0 secs 0

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ…

श्रीमानको हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ। बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो। पक्राउ […]

समाज
४ आश्विन २०७६, शनिबार १२:३५
546 views 0 secs 0

खाल्डोमा डुबेर दुई बालकको मृत्यु…

झापाको कमल गाउँपालिका ४ भुत्लुङ खोलाको निर्माणाधीन कल्भर्टका लागि खनिएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा स्थानीय १४ वर्षीय सुन्दर तामाङ र ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घरमा कसैलाई केही नभनी निस्केका उनीहरु अबेरसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा […]

समाज
३ आश्विन २०७६, शुक्रबार १७:१३
927 views 0 secs 0

जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु…

महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । उत्तर–पश्चिम बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास ३ गौरीडाँडामा शुक्रबार दिउँसो कुखुरा बोक्ने जिपको ठक्करबाट ज १ त १८०६ नम्बरको कुखुरा बोक्ने जिपले विपरित दिशाबाट आउँदै गरेको ज १० प २०६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा चालक बिनोदकुमार भण्डारीको घटना स्थलमै मृत्यु भएको हो । घटनाको बारेमा थप […]