728 views 0 secs 0 comments

सीसी क्यामेराको तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु…

In समाज
४ आश्विन २०७६, शनिबार १३:५७

करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा)को तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु भएको हो । उदयपुरको बेलका नगरपालिकाका आठ बर्षिय बालक सुमन बस्नेतको मृत्यु भएको हो ।
नगरपालिकाले जडान गरेको सीसी क्यामेरा रामपुर बजारको मुख्य क्षेत्र प्रहरी कार्यालय, नगरपालिका कार्यालय साथै अस्पताल रहेको सडक स्थलमा तार चुडिएको ६ घण्टापछि बालकलाई करेन्ट लागेको हो । चिसो पेय पदार्थ बोकेको मिनि ट्रकले ११ बजे तिरै तार चुडाएको भए पनि नजोडेको स्थानीयले आरोप लगाएका छन् । ईलाका प्रहरी कार्यलय रामपुरका अनुसार साँझ साढे ५ बजे विद्यालयबाट फर्किएका उनलाई करेन्ट लागेको हो । बस्नेतलाई उपचारका लागि वीवी स्वास्थ्य प्रतिष्ठान पठाइएको भए पनि अस्पताल पुग्न साथ मृत घोषणा गरेको प्रहरीले बताएको छ ।