देश, मनोरञ्जन, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १३:१४
7505 views 0 secs 0

कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

  काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् । नेपालमा पहिलो संविधानसभा सँगै हालै सम्पन्न  स्थानीय तहको चुनावका बेला समेत  कलाकारहरुको पार्टी प्रवेशले निरन्तरता पायो । अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यको […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १३:०७
863 views 0 secs 0

मतदाताको खेतमा धान काट्दै उम्मेदवार

  सोलुखम्बु, मंसिर ४ – उम्मेदवारले चुनाव प्रचारका क्रममा मतदाताको ध्यान आफूतिर तान्न खरो भाषण गर्ने कुरा नौलो होइन । विपक्षीको जरै उखेल्ने गरी विरोधको भाषण र आफ्नो जित पछि आफ्नो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारको यतिखेर कमी छैन । तर सोलुखुम्बु प्रदेश सभा क का उम्मेदवार उत्तमकुमार बस्नेत भने यस मामलामा फरक […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार १२:५२
828 views 1 sec 0

अज्ञात समूहद्वारा गाडीमा आगजनी

    संखुवासभा : चैनपुर नगरपालिका- ६ मा मध्यराति २ बजे वानटेन गाडीमा आगजनी भएको छ । पार्किङ गरेर राखिएको को १ ज २१२३ नम्बरको गाडीमा अज्ञात समूहले आगाजनी गरेको स्थानीय भिषण शाक्यले जानकारी दिए । बसपार्कमा राखिएको स्थानीय आषिश शाक्यको गाडीमा आगजनी भएको हो । आगजनीका कारण गाडी पुर्णरुपमा क्षति भएको छ । घटना […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १२:३७
725 views 2 secs 0

बम बनाउने ४३ थान सकेट फेला

  रोल्पा : उम्मेदवार लक्षित सृंखलावद्ध बिष्फोटन हुने थालेपछि सक्रिय बनेको प्रहरीले बम बनाउन प्रयोग हुने ४३ थान सकेट फेला पारेको छ। एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरेको सकेट र आइतबार पक्राउ परेका नेकपाका पाँच नेताको साथमा रहेको सात थान रेडबुल ग्रिनेट, सकेट र नलकटुवा पेस्तोल प्रहरीले सोमबार पत्रकारसमक्ष सार्बजनिक गरेको छ। मंसिर ३ […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १०:३४
861 views 1 sec 0

झक्कु सुवेदी प्रचारमा, छोरालाई हिरासत

  मंसिर ४, २०७४-काठमाडौं क्षेत्र ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी मतदातासित भोट माग्न व्यस्त छन् । उनका छोरा सन्तोष भने रोल्पास्थित जिल्ला प्रहरीको हिरासतमा छन् । बाबु र छोराबीच संवाद हुन पाएको छैन । छोरा पक्राउबारे बाबुले अहिलेसम्म सोधखोज गरेका छैनन् । पूर्वसांसदले छोरालाई न फोन गरेका छन्, न त […]

देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार ०९:३१
781 views 5 secs 0

निर्वाचन विरोधी घटना : सीमा सुरक्षामा मुख्य चुनौती

      काठमाडौं : निर्वाचन सुरक्षालाई लिएर बसेको बैठकमा प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई सोधेका थिए, ‘दैनिक विस्फोट गराउने बम कहाँबाट आइरहेको छ ? अर्यालले सहजै जफाव दिए, ‘खुला सिमाना छ हजुर । उतै (भारत) बाट आएका हुन् ।’ मुलुकको कार्यकारी प्रमुख र सुरक्षा निकायका प्रमुखबीच भएको यो संवादले बम […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०९:१५
720 views 2 secs 0

काठमाडौं ९ मा साख र ह्याट्रिकको चर्चा

      काठमाडौं : ०६४ सालको पहिलो संविधानसभा निर्वाचनपूर्व काठमाडौंको लालकिल्लाका रूपमा चिनिएको क्षेत्र नम्बर ९ मा कांग्रेस जितमा ह्याट्रिक गर्ने दाउमा छ भने वाम गठबन्धन लालकिल्लाको साख फर्काउने प्रयासमा छ । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जित यही क्षेत्रबाट निर्वाचित भएका थिए । रञ्जितसँग दुवै पटक पराजित एमालेका कृष्णगोपाल श्रेष्ठ वाम गठबन्धनको […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०८:५५
789 views 0 secs 0

बारामा कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट

बारा : नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीको चुनावी प्रचारमा रहेको बा १४ च ६३३० नम्बरको गाडीमा बम विस्फोट भएको छ । जितपुरसिमरा उपमहानगरपालिका १ सिमरास्थित गाडी चालक राधाकृष्ण ठकुरीको घरमा रोकिरहेको अवस्थामा सोमबार बिहान ५.३० बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट गाडीमा क्षति पुगेको […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०८:४७
785 views 1 sec 0

आवश्यक परे हतियारसहित उत्रन्छौं’

काठमाडौं : नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ ।आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ । उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले […]

देश, राजनीति
४ मंसिर २०७४, सोमबार ०१:१७
860 views 0 secs 0

विप्लवका पाँच कार्यकर्ता पक्राउ

बैतडी : बैतडीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेकपाका कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए। नेकपा कार्यकर्ताहरुलाई पाटन, पुरचौंडी र सित्तडबाट नियन्त्रणमा लिइएको हो। ‘देशका विभिन्न ठाउँमा नेकपा कार्यकर्ताहरुले चुनाव विरोधी गतिविधि गरिरहेका […]